Gift bike

हिजो जस्तो लाग्छ तर बर्षौं भईसकेछ... भन्दै थिस् "यार मैले नि Bike किनें नि" तेरो Bike लाई हेर्दै भनेको थिएँ... बधाई छ ...अनि कसरी किनिस यस्तो महङ्गो बाईक ..? गर्वले हेल्मेट हातमा झुन्ड्याँदै भनेको थिस् "Mom gifted" हो यार... तेरा खुशीका रफ्तार Bike मा चढेर होला...तेरो speed सधैं १०० नाघ्थ्यो भन्ने गर्थें बिस्तारै चला... दुई पाङ्ग्रेको भर हुँदैन... त मेरा कुरा नकार्दै अझ बटार्थिस र उछिन्थिस् अगाडिका सबै गाडी... हिजो जस्तो लाग्छ, तर बर्षौं भईसकेछ... ती कलेज का दिन हरुबिच मेरो घर अगाडि आइ "हर्न" बजाएको.. अनि बिस्तारै चला है भनी पछाडि बसेको.. सम्झाउँदा नसम्झिने तेरो बानी देख्दा "अब तेरो बाइक मा चढ्दिन भन्दै खुब रिसाउँथें" हिजो जस्तो लाग्छ... तर बर्षौं भईसकेछ... त्यो साँझको सडक तेरो रगतले पोतिएको... बा, आमाको सपना छरपष्ट सडकमा छरिएको... पत्यार लागेन... सपना झैं लाग्यो... पटक पटक यो खबर गलत भईदियोस भन्दै दुई हात जोडि मुठ्ठी बनाएको... हिजो जस्तो लाग्छ तर बर्षौं भईसकेछ... घरको भित्तामा टाँसिएको तेरो फोटोमा फुलमाला चढेको... तर... तर यी सबै कुरा तेरो ल...