लघुकथा: गरिप्रेम पुन मगर



कालो वर्णको त्यो बच्चाको अन्तिम सास बाकी थियो। बडेमान को गिद्ध उसको प्राण जाने पर्खाइमा थिए। 

विगत देखि नै सामाजिक संजालमा देखिदै आएको त्यो कारुणिक तस्बिर देखाएर  व्यङ्ग्यपुर्ण तरिकाले उसले सोध्यो।


"बन्धु यो तस्बिर तिम्रो देशको हो? "


 "कहाँ हुनु यो हाम्रो देशको पनि हैन तिम्रो देशको पनि हैन।बिचरा कुनै अफ्रिकी देशको होला।"


 "भन्छन् तिम्रो देश अति नै गरिब छ।" 


"गरिब छ भनाइको मतलब यो हैन कि हाम्रो देशको कुनै पनि मान्छे भुकमरीले यसरी मरोस्।"


 "त्यसो भए कस्तो गरिब त?"


"गरिबको मतलब कैयौं देश जस्तो खानै नपाउने होइन नि। जापान, चीन जस्ता बिकसित मुलुक बराबर छैन पो भनेको त!!"

Comments

Popular posts from this blog

नमस्ते अर्थात Ntc सिम छ?

Gift bike